लेकसाइडको स्पा (मसाज)सेन्टरबाट ५ जना बालिकाको उद्धार
पाेखरा | जेठ १२, २०८१
पोखरा: पोखरा लेकसाइडस्थित सञ्चालनमा रहेका ३ स्पा (मसाज) सेन्टरबाट ५ जना बालिकाको उद्धार गरिएको छ ।
लेकसाइडमा सञ्चालन रहेका ३ वटा स्पा (मसाज) सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले हिजो (शुक्रबार) ५ जना बालिकाको उद्धार गरेको हो । प्रहरीले जेठ २ गतेपनि स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको थियो ।
यो पनि पढ्नुहोस
जिल्ला प्रहरी कार्यालय कास्की,पोखरा महानगरपालिका सामाजिक महाशाखा,राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समुह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलिले लेकसाइडमा सञ्चालनमा रहेका १५ वटा स्पा (मसाज) सेन्टर अनुगमन गर्दा ३ वटा स्पाबाट १८ वर्ष भन्दा कम उमेरका ५ जना बालिकाको उद्धार गरेको हो ।
प्रहरीले नेक्टर इको फुट स्पाबाट ३ जना, पञ्चासे स्पा पार्लर र नमस्ते वेलनेस स्पाबाट १÷१ जना बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

